समाज


परराष्ट्रमन्त्री ज्ञवालीले गरे अंगदानको घोषणा

परराष्ट्रमन्त्री ज्ञवालीले गरे अंगदानको घोषणा

नेपालखबर
साउन ३, २०७६ शुक्रबार ९:२६,

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले मरणोपरान्त आफ्नो अंगदान गर्ने घोषणा गरेका छन्। शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बिहीबार आयोजित कार्यक्रममा उनले शरीरका ६ वटा अंगदान दिन मञ्जुरीनामा गरेका हुन्।

मन्त्री ज्ञवालीले मृगौला, मुटु, फोक्सो, कलेजो, प्यांक्रियाज, सानो आन्द्रालाई मरणोपरान्त आवश्य भएको जुनसुकै बिरामीका लागी प्रयोग गर्नपाउने गरी मञ्जुरीनामा दिए।

सोही अवसरमा श्रीमती सरस्वती ज्ञवाली अर्यालले पनि शरीरका ६ वटा अंगदान दिने मञ्जुरीनामा गरेकी छन्। श्रीमती ज्ञवालीले पनि शरीरको मृगौला, मुटु,फोक्सो, कलेजो, प्याक्रियाज, सानो आन्द्रा मरोपरान्त आवश्यक बिरामीलाई दिन सहमति गरेकी हुन्।

जीन्दगीको भरोसा नरहेको भन्दै ज्ञवालीले जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस् भनेर ट्वीट गरेका छन्।

angadan


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad