सर्लाही प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा १२७ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका सवारी साधानमा १२५ मोटरसाइकल र दुई वटा अटो छन्।
ति सवारीलाई आज दिनभर होल्ड गरी भोलिदेखि निषेधाज्ञा उल्लंघन नगर्ने सर्तमा फाइन काटेर छोडिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता मदन कुँवरले जानकारी दिए।
कोरोना संक्रमण बढ्दै गएपछि सर्लाहीमा आजदेखि अनिश्चितकालिन निषेधाज्ञा लागू गरिएको छ।
गृह मन्त्रालयका अनुसार सर्लाहीसहित सप्तरी, बाँके, पर्सा, बारा र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ।
प्रतिक्रिया