ad ad

कारोबार


उद्योग वाणिज्य महासंघको निर्वाचन मिति तोक्न समिति गठन

उद्योग वाणिज्य महासंघको निर्वाचन मिति तोक्न समिति गठन

नेपालखबर
साउन २१, २०७७ बुधबार ११:४९,

उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति तोक्न राय/सुझाव दिनको लागि एक समिति गठन भएको छ।

आज बसेकाे महासंघको कार्यकारिणी समितिको बैठकले ६ सदस्यीय टोली गठन गरेको हो।

उक्त समितिले १५ दिनभित्र राय/सुझाव पेश गर्नुपर्नेछ। महासंघको कार्यकारिणी सदस्य भरतराज आचार्यले सबै समूहका व्यक्तिहरुलाई समितिमा समावेश गरिएको जानकारी दिए।

उनले नेपालखबरसँग भने, ‘उक्त समितिले दिएको राय/सुझावको आधारमा कार्यकारिणी समितिको बैठकले मिति तोक्नेछ।’

साउन २६ र २७ गते साधारणसभा र निर्वाचन गर्ने र नयाँ कार्यसमिति तय गर्ने निर्णय भएको थियो तर कोरोना संक्रमण बढ्दै गएपछि महासंघको पदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .