समाज


ट्रकको ठक्करबाट बालिकाको मृत्यु

ट्रकको ठक्करबाट बालिकाको मृत्यु

नेपालखबर
साउन २०, २०७७ मंगलबार १४:४,

चितवनको माडी नगरपालिका–९ वगईमा आज दिउँसो ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय माडीका अनुसार मृत्यु हुनेमा स्थानीय विजय दुराकी ६ वर्षीया छोरी खुसुबु रहेकी छन्।

ठोरीबाट सामान लिएर माडीतर्फ आउँदै गरेको ना ५ ख ६७७९ नम्बरको ट्रकले खुसुबुलाई ठक्कर दिएको थियो। ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो। ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad