राजनीति


जम्मु र कस्मिरसहितको भूभाग समेटेर पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा

जम्मु र कस्मिरसहितको भूभाग समेटेर पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा

नेपालखबर
साउन २०, २०७७ मंगलबार १४:२४,

पाकिस्तानले भारतीय नियन्त्रणमा रहेका जम्मु र कस्मिरसहितका क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ।

भारतसँग विवादमा रहेका जम्मु, काश्मिर र गुजरातको जुनागढ क्षेत्र समेत समेटेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो मुलुकको नयाँ नक्सा जारी गरेका हुन्।

भारतले जम्मु र कस्मिरको अर्ध स्वतन्त्र हैसियत समाप्त गरेको पहिलो वर्षगाँठको पूर्वसन्ध्यामा पाकिस्तानले सो क्षेत्रलाई आफ्नो नक्सामा समेटेको हो।

गत वर्षको अगस्ट ५ का दिन भारत सरकारले जम्मु र कस्मिरको हैसियत बदल्दै त्यसलाई केन्द्र शासित क्षेत्र घोषित गरेका थिए।

त्यस्तै पाकिस्तानले भारतको गुजरातस्थित जुनागढ क्षेत्रलाई पनि आफ्नो नक्सामा मिसाएको छ।

राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले भने ‘यो पाकिस्तानको लागि सबैभन्दा ऐतिहासिक दिन हो।’

उनले नयाँ नक्सा पाकिस्तानको आधिकारिक नक्सा बन्ने बताए। यद्यपि आत्मनिर्णयको अधिकार कास्मिरीहरुसँगै रहेको उनको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad