डब्लूएचओले कोरोनाको उद्गमस्थल वुहानका वैज्ञानिकहरुसँग यस भाइरसको उत्पत्तिबारे अनुसन्धान गरेको बताएको छ।
वुहान चीनको त्यो शहर हो जहाँ पहिलोपटक कोरोना भाइरस देखिएको थियो। अमेरिका लगायतका मूलुकले चीनले कोरोनाको उत्पत्तिबारे जानकारी लुकाएको भन्ने आरोपबीच डब्लूएचओको टोली गत महिना चीन पुगेको थियो।
अमेरिकी अधिकारीहरुले कोरोना भाइरस चीनको प्रयोगशालामा निर्माण भएको समेत आरोप लगाउँदै आएका छन्।

यसबीचमा अनुसन्धानका क्रममा सम्भवत चमेराबाट अन्य जनावर हुँदै कोरोना भाइरस मानवमा सरेको पत्ता लागेको डब्लूएचओले जनाएको छ।
चमेराबाट कुन जनावरमा कोरोना सरेको भनेर हाल अनुसन्धान जारी रहेको बताइएको छ।
यसअघि सालकमा कोभिड–१९ सँग मिल्दो भाइरस भेटिएको वैज्ञानिकहरुले बताएका थिए।
चीनले कोरोना भाइरस प्रयोगशालामा बनेको भन्ने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ। सीएनए
Shares

प्रतिक्रिया