ललितपुरको भैंसेपाटीमा एक पुरुषको शव फेला परेको छ। फुलबारी मार्गमा बनिरहेको घरको भुईं तलामा मंगलबार शव फेला परेको प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी निरीक्षक सुजित कुमार ओझाले बताए।
सोमबार राति सुतेका ती व्यक्ति मृत फेला परेको भनी स्थानीयले मंगलबार दिउँसो प्रंहरीलाई खबर गरेका थिए। ती पुरुषको पहिचान खुलेको छैन। शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ।
मंगलबार बिहान काठमाडौंको तीनकुने नजिकै वागमती नदीमा पनि एक जना पुरुषको शव फेला परेको थियो। करिव ३५ वर्षीय पुरुषको उक्त शवको पनि पहिचान खुलेको छैन।

प्रतिक्रिया