बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्युु भएको छ।
जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी जिल्ला कालीकोटको जितेगडातर्फ जाँदै गरेको क१ज २१ नंको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
दुर्घटनामा जीप चालक रमेश बोगटी र मुगु जिल्ला घर भएका यात्रु रामबहादुर शाहीको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा परेर घाइते हुनेमा जगन्नाथ गाउँपालिका–५ गोत्रीका टक्क ल्वार, सोही गाउँका अम्मकला ल्वार, महेश्वरी ल्वार, जनु ल्वार, त्यसैगरी हिमाली गाउँपालिका लालवीर चदारासहित रहेका छन्। तीमध्ये टक्क ल्वार र अम्मकला ल्वारको अवस्था गम्भीर रहेको छ।
घाइते बाँकी चार जनाको नाम खुल्न सकेको छैन। लगातारको पानीले सडक चिप्लो र उकालो भएकाले उकालोमा चढ्न नसकी चिप्लिएर दुर्घटना भएको बताइएको छ। जिपमा १३ जना सवार रहेको प्रहरीले बताएको छ। रासस
Shares

प्रतिक्रिया