समाज


तालिम गर्ने क्रममा समुद्रमा डुबेर ९ अमेरिकी सैनिककाे मृत्यु

तालिम गर्ने क्रममा समुद्रमा डुबेर ९ अमेरिकी सैनिककाे मृत्यु

नेपालखबर
साउन १९, २०७७ सोमबार २३:५०,

अमेरिकाको क्यालिफोर्नियास्थित समुद्रमा तालिमका क्रममा डुबेर नौ सैनिकको मृत्यु भएको छ।

तीमध्ये १ जनाको मात्र शव भेटिएको छ।

अमेरिकी नौसेनाका लेफ्टिनेन्ट जनरल जोसेफ आस्टरमैनका अनुसार बिहीबार सान क्लेमेन्ट टापुबाट फर्किने क्रममा मरिन क्राफ्ट दुर्घटना हुँदा ९ प्रशिक्षार्थी सैनक डुबेका हुन्।

हेलिकप्टर र डुंगा प्रयोग गरी खोजी गर्ने क्रममा तीन दिनपछि १ जनाको मात्र शव भेटिएको हो। तर बाँकी ८ जनालाई पनि मृत घोषित गरिएको छ।

डुबेका सबै प्रशिक्षार्थी सैनिक नौसेनाको क्याम्प पेन्डलटन एकाइमा संलग्न थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad