समाज


सर्लाहीमा दुई मोटरसाईकल आपसमा ठोेक्किँदा दुई जनाको मृत्यु

सर्लाहीमा दुई मोटरसाईकल आपसमा ठोेक्किँदा दुई जनाको मृत्यु

नेपालखबर
साउन १८, २०७७ आइतबार २:४१,

सर्लाहीको लालबन्दीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।

शनिबार राति लालबन्दी नगरपालिका १७ मा प्रदेश २ ०३००३ प ६६८९ र ज १ प २३३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा लालबन्दी नगरपालिका ५ का ५० वर्षीय ब्रह्मदेव चौधरी र रौतहटको इसनाथ नगरपालिका ७ का ५५ वर्षका नन्दकिशोर शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनाका गम्भीर घाइते दुबैलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घाइते युवाको भने परिचय खुलेको छैन। उनलाई थप उपचारको लागि राति नै जनकपुर लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad