ad ad

समाज


जर्मनीमा कोरोना नियन्त्रणका लागि सरकारले लगाएको बन्देजविरुद्ध यस्ताे जुलुस!

जर्मनीमा कोरोना नियन्त्रणका लागि सरकारले लगाएको बन्देजविरुद्ध यस्ताे जुलुस!

नेपालखबर
साउन १८, २०७७ आइतबार ०:३३,

जर्मनीमा कोरोना महामारी नियन्त्रणका लागि सरकारले लगाएको प्रतिबन्धको विरोधमा विशाल प्रदर्शन गरिएको छ।

jarman3

कोरोना संक्रमण रोकथामका लागि भन्दै सरकारले लगाएका बन्देज मानव अधिकार र स्वतन्त्रताविरुद्ध रहेको भन्दै जर्मनीको राजधानी बर्लिनमा हजारौं मानिस विरोधमा उत्रिएका हुन्।

jarman1

बर्लिनको ब्रेडनबर्गको गेटमा शनिबार हजारौं प्रदर्शनकारी देखिएको बीबीसीले जनाएको छ। तर प्रदर्शन शान्तिपूर्ण थियो। केही मानिसले भने मास्क लगाउँदै शारीरिक दूरी पनि कायम गरेका थिए।

jarman2

वर्ल्डओमिटरको तथ्यांकअनुसार आइतबार बिहान साढे ६ बजेसम्म जर्मनीमा कोरोना भाइरसबाट २ लाख ११ हजार ७७ जना संक्रमित भएका छन् भने तीमध्ये ९ हजार २२६ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १ लाख ९३ हजार ६ सय जना स्वस्थ भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .