ad ad

समाज


कमलादीमा सुन र पेस्तोल प्रकरण : २४ घण्टा नबित्दै फेरिए छानविन समितिका संयोजक

कमलादीमा सुन र पेस्तोल प्रकरण : २४ घण्टा नबित्दै फेरिए छानविन समितिका संयोजक

नेपालखबर
साउन १५, २०७७ बिहिबार ६:१८,

काठमाडौँबाटै सुन र पेस्तोल फालेर अभियुक्त भागेको घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी कार्यालयले गठन गरेको छानविन समितिको संयोजक परिवर्तन भएका छन्।

बुधबार अपराध महाशाखाका प्रमुख दीपक थापाको संयोजकत्वमा छानविन समिति गठन गरिएको भए पनि बिहीबार उनको ठाउँमा महानगरीय प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका एसएसपी सुशील यादवलाई संयोजक बनाइएको छ। महानगरीय प्रहरी कार्यालय कै एसएसपी किरण बज्राचार्यको सट्टा यादवलाई ल्याइएपछि उनी वरिष्ठताका आधारमा संयोजक भएका हुन्।

२४ घण्टा नबित्दै संयोजक परिवर्तन गर्नुको कारण एसएसपी किरण बज्राचार्य यसअघिको एसिडको घटनामा समेत केन्द्रित भएको र नभ्याउने भएकाले उनलाई हटाई यादवलाई समितिमा राखिएको डीआईजी विश्वराज पोख्रेलले बताए।

समितिमा भएका मध्य जो वरिष्ठ छ, उही संयोजक हुने भएकाले यादव संयोजक बनेको डीआईजी पोख्रलको भनाइ छ। एसएसपी थापाभन्दा यादव वरिष्ठ हुन्। यादवको संयोजकत्वमा गठित समितिको संयोजकत्वमा एसएसपी दीपक थापा, एसपी सोमेन्द्रसिंह राठौर, डीएसपी राजकुमार केसी र दुर्गा दाहाल सदस्य छन्।

मंगलबार काठमाडौंको कमलपोखरीमा स्कर्पियो चेकजाँचका क्रममा भएको थियो। प्रहरीले पछि गरेपछि कमलादीमा १५ केजी सुनजस्तै पहेंलो बस्तु र दुई थान पेस्तोल फालेर सो स्कार्पियो भागेको थियो। १५ केजीमध्ये आधा केजी मात्रै सुन भएको अनुसन्धानका क्रममा पत्ता लागेको थियो। तर, हतियारसहितका अभियुक्त प्रहरीको अगाडिबाटै गाडीमा भाग्न सफल भएको भन्दै प्रहरीमाथि नै छानविन सुरु भएको हो।

दरबारमार्ग प्रहरी बृत्तले गरेको उक्त अप्रेसनका बारेमा अन्य युनिटलाई खबरसमेत नगर्दा अभियुक्त भाग्न सफल भएका थिए। काठमाडौंबाट भागेका अभियुक्तलाई अपराध महाशाखाको टोलीले नवलपरासी पूर्वबाट भारततर्फ भाग्न लाग्दा पक्राउ गरेको छ।

याे पनि:

काठमाडौंमा सुन र पेस्तोल फालेर भाग्ने तीन जना नवलपरासीमा पक्राउ

प्रहरीको ‘अपत्यारिलो अप्रेसन’, सुन र हतियार बुझाएर राजधानीमै गाडीमा भाग्न संभव छ?

कमलादीमा सुन र पेस्तोल प्रकरण : २४ घण्टा नबित्दै फेरिए छानविन समितिका संयोजक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .