समाज


दाङ पहिरो अपडेट : आमाछोरीको शव पुरिएकाे अवस्थामा भेटियाे

दाङ पहिरो अपडेट : आमाछोरीको शव पुरिएकाे अवस्थामा भेटियाे

नेपालखबर
साउन १४, २०७७ बुधबार ३:३२,

दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५, मा पहिरोले घर भत्किँदा आमाछोरीको मृत्यु भएको छ।

दाङ जिल्ला प्रहरी कार्यालका प्रवक्ता डीएसपी सुमित खड्काले केही बेरअघि दिएको जानकारी अनुसार दुवै जना पहिराेमा पुरिएकाे अवस्था मृत फेला परेका हुन्। 

उनका अनुसार बुधबार बिहान ३ बजेतिर स्थानीय देवीराम नेपालीकाे घरमा पहिराे खसेकाे हाे। पहिरोले आधा घर भत्किँदा भित्र सुतिरहेका उनका श्रीमती २६ वर्षीया बाटुली नेपाली र २ वर्षीया छोरी आयुष्माको मृत्यु भएको हो।

‘उनीहरूको शव प्रहरीको टोलीले निकालिसकेको छ,’ उनले भने। 

यसअघिदाङमा पहिरोले घर पुर्‍याे, आमा र बच्चा बेपत्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad