दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५, कमिरेचौरमा पहिरोले घर पुर्दा परिवारका दुई सदस्य बेपत्ता भएका छन्।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार मंगलबार राति खसेको पहिरोले घर भत्किँदा भित्र रहेका आमा र बच्चा बेपत्ता भएका हुन्।
‘नाम आइसक्या छैन,’ बुधबार बिहान प्रमुख जिल्ला अधिकारी रिजालले नेपालखबरसँग भने, ‘प्रहरीको टोली घटनास्थल पुगिसेकेको छ, खोजी भइरहेको छ।’
घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए।

प्रतिक्रिया