राजनीति


प्रद्युम्न कार्की र निरज शाही एआईजीमा बढुवा, मरासिनी सचिव

प्रद्युम्न कार्की र निरज शाही एआईजीमा बढुवा, मरासिनी सचिव

नेपालखबर
साउन १२, २०७७ सोमबार १५:६,

सरकारले डीआईजीद्वय प्रद्युम्न कार्की र निरज शाहीलाई एआईजीमा बढुवा गरेको छ।

साेमबार साँझ बसेकाे मन्त्रिपरिषद बैठकले कार्की र शाहीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेकाे एक मन्त्रीले जानकारी दिए।

यस्तै, सरकारले सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेकाे छ। 

त्यसैगरी, सरकारले रेडियाे नेपालकाे महाप्रवन्धकमा बुद्धिबहादुर कार्कीलाई नियुक्त्त गर्ने निर्णय पनि गरेकाे छ।

आज बसेकाे मन्त्रिपरिषद बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त गरेकाे छ भने उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेकाे ति मन्त्रीले नेपालखबरलाई बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad