ad ad

समाज


दुर्घटनाका मृतकको बीस दिनपछि पहिचान खुल्यो

दुर्घटनाका मृतकको बीस दिनपछि पहिचान खुल्यो

नेपालखबर
साउन १२, २०७७ सोमबार ९:३८,

सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएका एक व्यक्तिको बीस दिनपछि पहिचान खुलेको छ। मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका– ९ का ६० वर्षीय हर्कजित लामा रहेका छन्।

असार २१ गते बेलुका बौद्धमा गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको थियो।

महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भने, ‘ट्रमा सेन्टरमा २० दिनसम्म बेवारिसे अवस्थामा रहेको लामाको शवलाई उहाँकी श्रीमतीले प्रहरीको सम्पर्कमा आएर आज पहिचान गर्नुभएको छ।’

दुई महिनाअघि ज्याला मजदूरी गर्छु भनेर लामा काठमाडौं हिँडेको परिवारले बताएको छ।

ठक्कर दिएर भागेका चालक र गाडीलाई महानगरीय प्रहरी वृत्त बौद्धले चार दिनपछि नियन्त्रणमा लिएको थियो। गाडी चालक १७ वर्षीय राजकुमार पुलामी मगर रहेको प्रहरीले जनाएको छ। गाडी चालकमाथि सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .