ad ad

कारोबार


एक अध्ययनले देखायो– पुरुषले भन्दा महिलाले राम्ररी कम्पनी हाँक्न सक्छन्

एक अध्ययनले देखायो– पुरुषले भन्दा महिलाले राम्ररी कम्पनी हाँक्न सक्छन्

नेपालखबर
साउन १२, २०७७ सोमबार ९:२९,

एक अध्ययनले पुरुषले चलाएको भन्दा महिला कार्यकारीले चलाएका फर्म र कम्पनीहरुले राम्रो गरिरहेको देखाएको छ। बेलायतमा गरिएको एक अध्ययनमा तीनमध्ये एक कार्यकारी महिला रहेको लन्डनमा सूचीकृत कम्पनी फाइदामा रहेको देखाएको हो।

बीबीसीका अनुसार सूचीकृत फर्ममध्ये नाफामा गएका एकतिहाइ फर्ममा महिला कार्यकारी रहेको र महिला कार्यकारी नरहेका कम्पनीको तुलनामा १० गुणा राम्रो प्रस्तुति दिइरहेको पाइएको छ।

सूचीकृत ३ सय ५० कम्पनीमध्ये १४ वटामा मात्रै महिला कार्यकारी छन्। जेन्डर डाइभर्सिटी बिजनेस द पाइपलाइनका अनुसार १५ प्रतिशत कम्पनीमा महिला कार्यकारी छैनन्।

उक्त ग्रुपकी सहसंस्थापक लोर्ना फिट्जसाइमनका अनुसार निर्णायक तहमा महिला हुनुको अर्थ व्यवसाय राम्ररी चल्छ र आफ्ना ग्राहकलाई राम्रोसँग बुझ्न सक्छन् भन्ने हो।

द पाइपलाइनको वुमन काउन्ट २०२० रिपोर्टले लैंगिक समानतायुक्त नेतृत्वतह र एउटै मात्र लैंगिक नेतृत्व तह भएका कम्पनीको खुद नाफामा समेत व्यापक भिन्नता देखिएको उनले बताइन्।

रिपोर्टअनुसार लन्डन लिस्टेड कम्पनीमध्ये महिला कार्यकारी तहमा नभएकाको कुल नाफा १.५ प्रतिशत रहेको र तीनमध्ये एक महिला कार्यकारी तहमा रहेको कम्पनीको मुनाफा १५ प्रतिशतसम्म रहेको पाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .