ad ad

समाज


पहिरोले बुटवल-पाल्पा सडक पुनः अवरुद्ध

पहिरोले बुटवल-पाल्पा सडक पुनः अवरुद्ध

नेपालखबर
साउन १२, २०७७ सोमबार २:४९,

सिद्धार्थ राजमार्गमा पर्ने बुटवल-पाल्पा सडक खण्ड पहिरोले पुनः अवरुद्ध भएको छ।

अविरल वर्षासँगै पाल्पाको तिनाउ गाउँपालिका क्षेत्रको सडकमा तीन ठाउँमा पहिरो गएपछि गएरातिदेखि यो सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यो सडक वर्षात् सुरु भएपछि पटकपटक अवरुद्ध हुँदै आएको छ। गएराति खसेको पहिरो पन्छाउन समय लाग्ने प्रदेश ५ प्रहरी कार्यालयले जनाएको छ।

सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन्। यो सडक भएर बुटवलबाट पाल्पा, स्याङजा, गुल्मी, कास्की, बागलुङ, पर्वत र अर्घाखाँचीका नागरिकले आवतजावत गर्दै आएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .