ad ad

छापा खबर


भारतबाट आएकाले काठमाडौंमा यसरी बढाउँदै छन् काेराेनाकाे जोखिम 

भारतबाट आएकाले काठमाडौंमा यसरी बढाउँदै छन् काेराेनाकाे जोखिम 

नेपालखबर
साउन १२, २०७७ सोमबार २:३०,

भारतको विहारबाट काठमाडौँ आएका एकै परिवारका पाँचजनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो। अस्पतालका अनुसार भारतबाट आएकी एक महिलामा बिहीबार कोरोना पुष्टि भएको थियो।

कन्ट्याक्ट टे«सिङ गर्ने क्रममा शुक्रबार परिवारका अरु सदस्यको परीक्षण गर्दा सबैमा संक्रमण पुष्टि भएको खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।

परिवारका दम्पती, छोरा–छोरी र नातिनीमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका एक चिकित्सकले जानकारी दिए। अस्पतालका अनुसार उनीहरु काठमाडौंको महाबौद्ध क्षेत्रमा बसोवास गर्दै आएका छन्।

उनीहरुले महाबौद्धमै पसल सञ्चालन गर्दै आएका राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सर्भिलेन्स शाखाका जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीले बताए। उनीहरुको सम्पर्कमा पुगेका अन्य व्यक्ति खोज्ने काम भइरहेको अधिकारीले जानकारी दिए।

चिकित्सकका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक चारदेखि १० जनामा कोरोना पुष्टि भइरहेको छ। उनीहरुमध्ये धेरैजसो भारतको विहार र केही नेपालकै तराईबाट आएका हुन्। लकडाउन खुकुलो भएपछि उनीहरु विभिन्न माध्यमबाट काठमाडौं भित्रिएका हुन्।

सरकारले संक्रमितको संख्या घटेपछि लकडाउन खोलेको थियो। नेपालमा संक्रमणदर घटेपनि भारतमा बढिरहेकाले त्यसको प्रभाव नेपालमा पर्ने चिकित्सकहरु बताउँछन्।

‘पछिल्लो समय भारतबाट आउनेमा बढी संक्रमण पुष्टि भएको छ, उनीहरु हवाई र स्थलमार्ग भएर आएको देखिन्छ’, राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले भने। पाण्डेका अनुसार भारतबाट हालै पाँच हजारजति मानिस नेपाल छिरेका छन्।

भारतको विहारमा स्थायी घर भई काठमाडौंमा मार्बल बिछ्याउने, कपाल काट्ने, फर्निचर घर निर्माण र व्यापारमा संलग्न भारतीय राजधानीमा लाखौेंको संख्यामा छन्। लकडाउनअघि र सुरु भएपछि पनि घर फर्केका उनीहरु फेरि काठमाडौं भित्रिने क्रम सुरु भएको छ। यसै कारण संक्रमण दिनहुँ बढिरहेको चिकित्सकले औंल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .