संघीय राजधानी काठमाडौंमा आज फेरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका तीन प्रयाेगशालामा गरिएकाे परीक्षणमा फेरि ८ जना संक्रमित थपिएका हुन्।
कुन प्रयोगशालामा कति थपिए?
कोशी अस्पताल विराटनगर
झापाका १ जना, मोरङका ३ जना, इलामका ८ जना र सिरहाका १ जनामा कोरोना पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर
सुनसरीका २ जना, उदयपुरका १ जना, तेह्रथुमका १ जना र मोरङका २३ जनामा पनि पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर
धनुषाका १ जना र महोत्तरीका २ जनामा कोरोना भेटिएको छ।
नारायणी अस्पताल वीरगञ्ज प्रयोगशाला
पर्साका १ जनामा पुष्टि भएको छ।
राष्ट्रिय प्रयोगशाला टेकु
दाङका १ जना, काठमाडौंका २ जना, नुवाकोटका १ जना, सोलुखुम्बुका २ जनामा कोरोना भेटिएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
काठमाडौंका ३ जना र पर्साका ३ जनामा पनि कोरोना भेटिएको छ।
हेटौंडा प्रयोगशालामा नवलपरासी पूर्वका २ जना, रौतहट र मकवानपुरका १/१ जनामा कोरोना पुष्टि भएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा बाराका १ जनामा कोरोना पुष्टि भएको छ। स्टार अस्पताल प्रयोगशाला सानेपामा कास्कीका १ जना, काठमाडौंका ३ जनामा कोरोना भेटिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गोरखाका २ जना र कास्कीका २ जनामा तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देहीका १ जना र अर्घाखाँचीका १ जनामा भेटिएको छ।
त्यस्तै भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा बाँकेका २ जना, बर्दियाका ६ जना र जुम्लाका १ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रोल्पाका ३ जनामा कोरोना भेटिएको छ। सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा दैलेखका १ जना र सुर्खेतका ३ जनामा पनि भेटिएको छ। रियल टाइम प्रयोगशाला पीसीआर प्रयोगशाला दैलेखमा दैलेखका २४ जनामा कोरोना पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका १४ जना, बाजुरमा ३ जना र कञ्चनपुरका १ जनामा पनि कोरोना भेटिएको छ। यसरी १ सय ३० जनामा कोरोना पुष्टि भएको गौतमले जानकारी दिए। त्यस्तै ७५ जना निको भएका छन्।
नेपालमा डिस्चार्ज हुने दर ७०.५ प्रतिशत रहेको गौतमले बताए। योसँगै कुल निको हुने संख्या १३ हजार १ सय २८ पुगेको छ। त्यस्तै, क्वारेन्टिनमा १७ हजार ९ सय ३ जना रहेका छन्।
नेपालमा अझै ५ हजार ४ सय ४० जना सक्रिय संक्रमित रहेका छन्।
नेपालको ल्याब क्षमता १८ हजार १ सय ६० रहेको छ। निकट भविष्यमै उक्त क्षमतामा परीक्षण गर्न सकिने गौतमले बताए।
Shares

प्रतिक्रिया