समाज


त्रिवि व्यवस्थापन संकायका स्थगित परीक्षा भदौ दोस्रो सातादेखि

त्रिवि व्यवस्थापन संकायका स्थगित परीक्षा भदौ दोस्रो सातादेखि

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ११:३२,

त्रिभुवन विश्व विद्यालयले स्थगित विभिन्न तहका परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने जनाएको छ।

त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालयले शुक्रबार प्रकाशित गरेको सूचनामा स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि र स्नातक तहका प्रथम, तेस्रो, पाँचौ तथा सातौं तहका सत्रान्त परीक्षाहरु भाद्र तेस्रो हप्तादेखि सञ्चालन गरिने उल्लेख छ।

परीक्षा तालिका व्यवस्थापन संकाय डिनको कार्यालयका वेवसाइटहरु डब्लुडब्लुडब्लु डट एओएमईसीडी डट ईडीयू डट एनपी र डब्लुडब्लुडब्लु डट टीयूडीओएमएस डट ओआरजीमा पछि प्रकाशित हुने जानकारी गराइएको छ।

गत चैत ९ गतेदेखि लकडाउन जारी भएपछि विभिन्न तहका परीक्षाहरु स्थगित हुनुका साथै बाँकी परीक्षाको पनि तालिका प्रकाशन हुन सकेको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad