संगीतकर्मी बसन्त सापकोटाको स्वर, शब्द तथा संगीतमा ‘वनैमा मजुर’ सार्वजनिक भएको छ।
गीतमा सापकोटासंगै लोकप्रिय गायिका शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ भने योगेस काजीले एरेन्ज गरेका हुन्।
लोकशैलीमा तयार पारिएको गीतको म्युजिक भिडियोको निर्देशन निसान कस्यप घिमिरेले गरेका हुन्। भिडियोमा सृष्टि खड्का र विशाल सेनले अभिनय गरेका छन्।
भिडियोमा सुरेन बसेलको कोरियोग्राफी, उत्सव दाहालको छायाँकन, अनिता ग्वाछाको मेकअप र निर्देशक घिमिरेकै सम्पादन रहेको छ।
हेरौँ भिडियो

प्रतिक्रिया