समाज


पहिरोले मुल्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

पहिरोले मुल्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

नेपालखबर
साउन ९, २०७७ शुक्रबार २:७,

चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका-६ चारकिलोमा आज (शुक्रबार) बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा अर्को पहिरो खसेको छ। निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने थापाले बताए। सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो। त्यो पहिरो ३६ घण्टामा पन्छाइएको थियो।

आज बिहान खसेको पहिरोका कारण दुईतर्फी नै सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा दुबैतर्फ सवारी साधनको लामो लाइन लागेको छ।

नारायणगढ मुग्लिन सडक खण्डमा पर्ने चार किलो, सत्र किलो, चोरखोला लगायतका ठाउँमा पहिरोले पटकपटक सडक अवरुद्ध हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad