ग्लोबल


साउदीको नेपाली दूतावास २० गतेसम्मका लागि बन्द, अत्यावश्यक काम परे के गर्ने?

साउदीको नेपाली दूतावास २० गतेसम्मका लागि बन्द, अत्यावश्यक काम परे के गर्ने?

नेपालखबर
साउन ९, २०७७ शुक्रबार १:५७,

साउदी अरबस्थित नेपाली राजदूतावास साउन २० गतेसम्मका लागि बन्द गरिने भएको छ।

‘कोरोना संक्रमणको असहज परिस्थिति’ का कारण आफ्ना केही कर्मचारी क्वारेन्टिनमा बस्नुपर्ने भएकाले राजदूतावासको काउन्टरबाट प्रदान गरिने सेवा आज (शुक्रबार) मध्याह्नदेखि यही साउन २० गते (अगस्ट ४) सम्मका लागि स्थगित गरिएको रियादस्थित नेपाली दूतवासले जानकारी दिएको हो।

साथै ईद पर्वको लामो बिदासमेत परेकाले नेपाली कामदारबारे साउदी सरकारी कार्यालयबाट लिने सेवा पनि सञ्चालन नहुने दूतावासले जनाएको छ।

स्वदेश फिर्तीसम्बन्धी उडान तालिका प्राप्त हुनासाथ त्यो आफ्नो फेसबुक पेजबाट सार्वजनिक गर्ने भएको हुँदा यसबारे टेलिफोनबाट सोधिरहनुनपर्ने दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

यसबीच अत्यावश्यक काम परी राजदूतावासमा सम्पर्क गर्नुपरे राजदूतावासका हटलाइन ०५५९३८९६०० र ०५०००३४७८६ वा कामसँग सम्बन्धित कर्मचारीको मोबाइ नम्बरमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ। मोबाइल नम्बरहरू राजदूतावासको वेबसाइटमा रहेको जानकारी दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad