ad ad

समाज


झापामा सिमसारमा हराइरहेका तीन बालक मृत भेटिए (भिडियो)

झापामा सिमसारमा हराइरहेका तीन बालक मृत भेटिए  (भिडियो)

नेपालखबर
साउन ८, २०७७ बिहिबार ७:१४,

झापाको भद्रपुर नगरपालिका–२, कमलधापका तीन जना बालकको शव फेला परेको छ।

बुधबारदेखि हराइरहेका तीन जनामध्ये एक जना बुधबार साँझ र अन्य दुई जनाको बिहीबार बिहान शव फेला पारिएको झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।

बुधबार दिउँसो खेल्न गएका उनीहरु बेलुकासम्म पनि नफर्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

गुम्बा नजिकै निर्माण गरिएको सिमसार क्षेत्रमा पौडी खेल्ने क्रममा उनीहरु डुबेको डीएसपी थापाले बताए। हराइरहेकामध्ये अनिल तामाङका १० वर्षीय छोरा अंकुश तामाङ बुधबार साँझ पोखरीमा तैरिरहेको अवस्थामा फेला परेका थिए भने कमला थामीका दुई छोरा १४ वर्षीय करण र १२ वर्षीय अर्जुन थामी बेपत्ता थिए।

उनीहरुको खोजीका लागि बिहीबार प्रहरीको गोताखोरसहितको टोली परिचालन गरिएको थियो।

चन्द्रगढीमा रहेको विपद व्यवस्थापन गुल्मको टोलीले उनीहरुको शव पोखरीमा भासिएको अवस्थामा फेला पारेको डीएसपी थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .