राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर बुधबारदेखि एकल अंकमा हुने गरी तोकेको छ।
बैंकले तोकेको ब्याजदरसम्बन्धी यो व्यवस्था कार्यान्वयनमा समेत आएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
योसँगै अब बैंकका नयाँ तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम ९.३२ प्रतिशत मात्रै हुने गरी तोकिएको छ।
हाल बैंकको आधारदर ६.०७ प्रतिशत रहेको छ। बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २ सय ४० वटा शाखा कार्यालय, २ सय ५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ।
3
Shares
प्रतिक्रिया