प्रहरीले बाराबाट ठूलो परिमाणमा नेपाली र भारतीय नक्कली नोटसहित शनिबार तीन जनालाई पक्राउ गरेको छ।
बाराको महागढीमाइ नगरपालिका-२ बरियापुरबाट प्रहरीले भारत मोतीहारीका २५ वर्षीय सुधिरकुमार कुशवाह, बारा सिम्रनगढ-४ का २६ वर्षीय मनोज साह तेली र बाराकै आदर्श कोटवाल ६ का ३० वर्षीय नरेन्द्रप्रसाद कुशवाह पक्राउ गरेको हो। विशेष सुराकीको आधारमा पुगेको प्रहरीले ना.५४ प ३८०५ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरूका साथबाट नक्कली नेपाली रुपैयाँ १५ लाख ४४ हजार ४ सय र नक्कली भारतीय रुपैयाँ एक लाख ८३ हजार ६ ५० रुपैयाँ बरामद गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको छ। बोरामा राखिएको अवस्थामा नक्कली नेपाली रुपैयाँ एक हजार दरका एक हजार चार सय ७० थान र एक सय दरका सात सय ४४ वटा नोट बरामद गरिएको ब्युरोले जनाएको छ।
त्यसैगरी उनीहरुको साथबाट नक्कली भारतीय रुपैयाँ पाँचसय दरका दुई सय ९७ थान र ५० दरका सात सय तीनवटा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया