समाज


बेलायतमा अर्को एक कोरोनाविरद्धको खोपले पनि दियो सकारात्मक परिणाम

बेलायतमा अर्को एक कोरोनाविरद्धको खोपले पनि दियो सकारात्मक परिणाम

नेपालखबर
साउन ३, २०७७ शनिबार १३:२६,

बेलायतका स्वस्थ्यमन्त्री मेट ह्यानककले इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धानकर्ताहरु प्रति आभार प्रकट गर्दै शनिबार यी अनुसन्धानकर्ताले बनाएको खोप अर्को चरणमा प्रवेश गरेको बताएका हुन्।

सुरुवाती परीक्षणहरुमा यस खोपले सकारात्मक परिणाम दिएपछि हाल यस खोप १८ देखि ७५ वर्षसम्मका १ सय ५ व्यक्तिहरुमा परीक्षणका लागि प्रयोग गरिएको छ।

यिनीहरुलाई हालसम्म ३ पटक खोप लगाइएको छ। यसको परिणाम आएपछि यस खोपको प्रभावकारिताको बारेमा थप पत्ता लाग्नेछ।

स्वास्थ्यमन्त्री ह्यानककले बेलायतले यस ट्रायलमा ४ करोड पाउन्ड लगानी गरेको जानकारी दिएका छन्।

यसअघि बेलायतमा अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप मानवमा परीक्षण गरिएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad