विश्वभर कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ६ लाख नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा विश्वभर पाँच हजार चार सय ३१ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।
योसँगै विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच लाख ९८ हजार चार सय १३ पुगेको वर्ल्डओमिटरमा उल्लेख छ। यो शनिबार बिहान ६ बजेसम्मको तथ्यांक हो।
पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ३४ हजार नौ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ६९ हजार नौ सय २९ जनामा संक्रमण देखिएको छ।
अमेरिकापछि भारतमा धेरै संक्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा भारतमा ३४ हजार आठसय २० जनामा संक्रमण पुष्टि भएको छ। भारतपछि ब्राजिलमा धेरै संक्रमित देखिएका छन्। पछिल्लो २४ घण्टामा ब्राजिलमा ३३ हजार नौ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ४१ लाख ७४ हजार तीन सय २२ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण सबैभन्दा धेरै ब्राजिलमा एक हजार एक सय १० जनाले ज्यान गुमाएका छन्।
ब्राजिलपछि अमेरिकामा धेरैको मृत्यु भएको छ। यसबीचमा अमेरिकामा आठ सय २५, भारतमा ६ सय ७६, मेक्सिकोमा ६ सय ६८, कोलम्बियामा दुई सय ५९, रुसमा एक सय ६८, पेरुमा एक सय ८४, दक्षिण अफ्रिकामा एक सय ३५, बेलायतमा एक सय १४ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन्।

प्रतिक्रिया