समाज


काठमाडौंसहित केही स्थानमा १२ घण्टादेखि लगातार वर्षा

काठमाडौंसहित केही स्थानमा १२ घण्टादेखि लगातार वर्षा

नेपालखबर
साउन ३, २०७७ शनिबार १:२३,

काठडमाडौंलगायत देशका केही स्थानमा शुक्रबार रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकामा शुक्रबार राति ८ बजेभन्दा अलि अगाडि नै वर्षा सुरु भएको हो।

‘तर बीचमा केहीबेर रोकिएको थियो,’ उनले शनिबार बिहान नेपालखबरसँग भनिन्, ‘राति ८ बजेदेखि चाहिँ निरन्तर झरी परिरहेको छ, यो अझै एक–दुई घण्टा जारी रहने देखिएको छ।’

मौसमविद् बासीका अनुसार काठमाडौं उपत्यकासहित केही स्थानमा रातिदेखि नै लगातार वर्षा भइरहेको हो। विशेषगरी कञ्चनपुर, दाङ, कैलाली तथा विशेषगरी तराई क्षेत्रमा अहिले पनि वर्षा भइरहेको उनले जानकारी दिइन्।

काठमाडौं उपत्यकामा अहिले बिहानसम्ममा ३०.७ मिलिमिटर वर्षा भएको माैसमविद् बासीले जानकारी दिइन्। अहिले मनसुनमा ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ। मौसमविद्का अनुसार भारी वर्षा दुई किमिसबाट हुन्छ। एउटा– एकैपटक ठूलो पानी परेर, अर्काे– लगातार पानी परेर।

आज (दिउँसो तथा राति) देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, २, ५, बागमती र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

२४ घण्टे चेतावनी जारी गर्दै महाशाखाले पहिरो तथा बाढीको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

‘भोलि (आइतबार) रातिदेखि मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै आउने सम्भावना रहेकाले वर्षा बढ्ने देखिएको छ,’ मौसमविद् बासीले भनिन्, ‘त्यसको तीन–चार दिन देशभर ठूलो वर्षा हुने सम्भावना छ, जुन कुरा हामीले यसअघि नै विज्ञप्ति जारी गरेर भनिसकेका छौं।’

याे पनि

आइतबारदेखि ५ दिन ठूलो वर्षाको सम्भावना, ‘पाहुना लागेर भए पनि ज्यान जाेगाउनू’ (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad