काठमाडौं उपत्यकाका विभिन्न नदी/खोलामा बहाव (बाढी) बढ्दो रहेकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुृरोध गरेको छ।
महाशाखाले शनिबार बिहान ६ः३० बजे जारी गरेको अलर्ट (सूचना) अनुसार पछिल्लो ३ घण्टामा उपत्यका (काठमाडौं) धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको मापन गरिएको छ।
जसका कारण विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खुलगायत नदी/खाेलामा बहाव बढ्दो छ। त्यसकारण अरू ३ घण्टा सतर्कता अपनाउन आग्रह गरिएको छ।
साउन ३ गते, बिहान ६ः३०#अलर्ट
पछिल्लो ३ घण्टा का. #उपत्यकाको धेरै स्थानमा #मध्ययम देखि #भारी बर्षा मापन,#बिण्णुमती, #मनोहारा, #हुनमन्ते,नख्खु लगायतमा बहाव बढ्दो छ, नदी र नालाको पानी किनारको सडक सम्म आउन सक्छ,अर्को ३ #घण्टा सतर्कता अपनाऔ
चित्रः मनोहरा नदी बालकुमारीको जलसतह pic.twitter.com/72I1xJotRh
याे पनि:
काठमाडौंसहित केही स्थानमा १२ घण्टादेखि लगातार वर्षा
आइतबारदेखि ५ दिन ठूलो वर्षाको सम्भावना, ‘पाहुना लागेर भए पनि ज्यान जाेगाउनू’ (भिडियो)

प्रतिक्रिया