ad ad

समाज


चार जिल्लाका २२ जनालाई ठगेर भागेका जिन्दल भक्तपुरबाट पक्राउ

चार जिल्लाका २२ जनालाई ठगेर भागेका जिन्दल  भक्तपुरबाट पक्राउ

नेपालखबर
साउन २, २०७७ शुक्रबार ११:४८,

विभिन्न चार जिल्लाका २२ जनाबाट करोडौं ठगी गरेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

झापा, बारा, पर्सा, सर्लाही बस्ने २२ जनाबाट ७ करोड ८१ लाख ४२ हजार रुपैयाँ ठगी गरेर फरार भएका झापाको दमक नगरपालिका ७ कृष्णमन्दिरका २९ वर्षीय मनिष अग्रवाल भन्ने चन्दन जिन्दल पक्राउ परेका हुन्।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए।

जिन्दलले २२ जना व्यक्तिहरुबाट उक्त रकम ठगी गरेको र बारा, पर्साका बिभिन्न खाद्यान्न व्यापारीहरुलाई विश्वासमा लिई उधारोमा खाद्यान्न ल्याई काठमाडौंका व्यापारीहरुलाई सस्तोमा बिक्री गरेको पाइएको छ।

यस्तै उनले झापामा जमिन र हार्डवयर व्यवसायमा ठगी गरेको अनुसन्धानबाट खुलेको छ।

जिन्दलविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुर मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जबाट र इलाका प्रहरी कार्यालय दमक झापामा ठगी मुद्दा दर्ता भई झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी समेत जारी भएको थियो।

पक्राउ जिन्दललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .