गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय ७८ पुगेको छ।
शुक्रबार दिउँसो गण्डकी प्रदेशको लमजुङका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
गण्डकी स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोनविन्दु शर्माका अनुसार संक्रमण पुष्टि हुनेमा लमजुङ मस्र्याङ्दी गाउँपालिकाका ६ जना, दोर्दीं गाउँपालिकाका ४ जना, राइनास नगरपालिका ६ जना पुरुष र १९ महिने बालिकासहित २ महिला, दूधपोखरीका ३८ वर्षीय एक पुरुष, क्वोलासोंथरका २ जना पुरुष र बेंसीसहरका ४७ वर्षीय एकजना पुरुष छन्।
पोखरा स्वास्थ्य विद्दान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।
योसँगै आजमात्रै गण्डकी प्रदेशमा ४७ जनामा कोरोना पुष्टि भएको छ। यसअघि आज बिहान २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया