बाढीले बगाउँदा महोत्तरीमा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मटिहानी नगरपालिका–९ बहुअर्वाका श्याम यादवका छोरा आठ वर्षीय पंकज रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए।
घरबाट डेढ किलोमिटर पूर्व रहेका बिग्ही नदी नजिक आफ्ना हजुरबुबासँगै गएका पंकज फर्किने क्रममा बिग्ही नदीमा आएको बाढीले बगाउँदा मङ्गलबार बेलुका बेपत्ता भएका थिए।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले नदीमा बेपत्ता बालक पंकजको खोजतलास गर्दै जाँदा आज दिउँसो बिग्ही नदीको बाढीले सोही वडामा बनाएको १५ फिट गहिरो दहमा उनको शव फेला परेको हो।
बाढीका कारण उनीसहित छ जना बालक र एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया