अबरपति व्यवसायी एलन मस्क, जेफ बेजोस, बिल गेट्सलगायत अमेरिकाका प्रख्यात् व्यक्ति एवं कम्पनीका ट्विटर अकाउन्ट ह्याक गरिएका छन्।
एउटा ठूलो संगठित साइबर हमलामा अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्वार जो बाइडन पनि परेका हुन्।
उबर र एपलजस्ता संस्थाहरू समेत साइबर हमलामा परेका छन्।
यो ह्याकलाई किङ बिटक्वाइन स्काम भनिन्छ। ह्याक गरिएका ट्विटरबाट चन्दा मागिएको छ।
ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्विट राख्दै मानिसलाई हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको छ।
बिल गेट्सको ट्विटरमा भनिएको छ– सबैले मलाई समाजमा फर्किन आग्रह गरिरहेका छन, अब समय आयो। तपाईं मलाई एक हजार डलर पठाउनुहोस्, म तपाईंलाई दुई हजार डलर फिर्ता पठाउनेछु।’
टेस्ला र स्पेस एक्सका प्रमुख एलन मस्कको अकाउन्टमा ट्विट गरिएको छ– बिटक्वाइनमा पठाइएको पैसा एक घण्टापछि दोब्बर भएर फिर्ता हुनेछ।
बिटक्वाइनको ठेगानाको लिंकसति ट्विटमा भनिएको छ, ‘म कोभिड महामारीका कारण दान गरिरहेको छु।’
छोटो समयमा, सयौं व्यक्तिले ह्याकरहरूलाई एक लाख डलर पठाए। लक्षित गरिएको खातामा लाखौं फलोअर्स छन्।
ट्विटरले ह्याकिङको अनुसन्धान भइरहेको जनाएकाे छ। अनुसन्धान नसकिँदासम्म पासवर्ड रिसेट नहुने र टि्वट गर्न नसकिने उसले बताएकाे छ।
— jack (@jack) July 16, 2020Tough day for us at Twitter. We all feel terrible this happened.
We’re diagnosing and will share everything we can when we have a more complete understanding of exactly what happened.
? to our teammates working hard to make this right.
बीबीसीका साइबर सुरक्षा संवाददाता जोन टिडीका अनुसार 'बिटक्वाइन दोबर पार्ने' काण्ड ट्विटरमा वर्षौँदेखिको रोग हो। तर ठूलो सङ्ख्यामा सार्वजनिक व्यक्तिका खाता ह्याक गरिएको यो घटना अनपेक्षित हो। बीबीसी

प्रतिक्रिया