राजनीति


बिहानै प्रचण्डलाई भेटेर यातायात व्यवसायीले भने- हाम्रा माग पूरा गर्न पहल गर्नुस्

बिहानै प्रचण्डलाई भेटेर यातायात व्यवसायीले भने- हाम्रा माग पूरा गर्न पहल गर्नुस्

नेपालखबर
साउन १, २०७७ बिहिबार ४:११,

यातायात क्षेत्रका समस्या समाधानका लागि गठन गरिएको कार्यदलले बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेको छ।

प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा व्यवसायीले लडडाउनपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे प्रचण्डको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्रसमेत बुझाएका छन। ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले यातायात क्षेत्रका समस्या समाधानको विषयलाई आफूले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

‘व्यवसायीले राखेका सबै कुराहरु गम्भीर छन्। कोभिड–१९ का सन्दर्भमा संसारभरिका देशले राहत प्याकेज दिने गरेका छन्,’ छलफलमा प्रचण्डले भने, ‘यहाँ पनि यातायात व्यवसायी र मजदूरका समस्या समाधान गर्न केही न केही राहत वा सुविधाका बारेमा पार्टी र सरकारमा छलफल गर्छु। बरु नीतिगत कुरा अलिक पछि गर्दा पनि हुन्छ।’

 प्रचण्डले तत्काल बैंकको किस्तालाई रोक्ने विषय, यातायात व्यवसाय सञ्चालनका लागि पुनःकर्जाका कुरा, राहत र अनुदानसँग सम्बन्धित विषय तथा स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषयमा राज्यले तुरुन्तै संवोधन गर्नुपर्नेमा जोड दिएका प्रचण्डको सचिवालयले जनाएको छ।

व्यवसायी तथा मजदूरले बैँक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदूरलाई स्वास्थ्य सामग्री तथा पिपिइको व्यवस्था गरिनुपर्ने लगायतमा माग अघि सारेका छन्।

छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलासहितका व्यवसायी सहभागी थिए।

यातायात क्षेत्रका समस्या समाधानको लागि व्यवसायीले नेपाल यातायात राष्ट्रिय महासंघका अध्यक्ष, नेपाल यातायात मजदूर संघका अध्यक्ष, अखिल नेपाल यातायात मजदूर संघका अध्यक्ष र नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष सम्मिलित कार्यदल गठन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad