प्रेमीको जन्म दिन मनाउन गएकी एक युवतीले प्रेमीकै घरको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छन्।
प्रेमी भीमबहादुर तामाङको जन्मदिन मनाउन बालाजुस्थित उनकै घरमा गएकी त्रिपुरेश्वर, सुकुम्बासी बस्तीकी जेनी तामाङले शौचालयमा झुण्डिएर आत्महत्या गरेकी हुन्।
बर्थ डेमा पुगेकी जेनीले प्रेमी भीमका साथमा अर्कै प्रेमिका देखेपछि झगडा सुरु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।
सोमबार (असार ३०) गते साँझ जेनी प्रेमी भीमको जन्म दिन मनाउन उनको घरमा पुगेकी थिइन्। जन्म दिनको कार्यक्रममा भीमलाई अर्की प्रेमिका (प्रमिन नगरकोटी)सँग देखेपछि जेनी आवेशमा आएकी थिइन्। उनले प्रमिनलाई सम्झाउन समेत खोजेको तर आवेगमा आएर प्रमिनकै सल लिएर शौचालयमा गएर आत्महत्या गरेको प्रवक्ता बोगटीले बताए।
प्रहरीले भीम र प्रमिन दुवैलाई पक्राउ गरेको छ। उनीहरुमाथि अनुसन्धान भइरहेको र अनुसन्धान पछि नै हत्या र आत्महत्याबारे थाहा हुने डीएसपी बोगटीले बताए।

प्रतिक्रिया