समाज


भारतमा चार तले घर भत्किदा १४ जनाको मृत्यु

भारतमा चार तले घर भत्किदा १४ जनाको मृत्यु

नेपालखबर
साउन १, २०७६ बुधबार ७:३९,

भारतको मुम्बईस्थित डोङ्ग्री नगरमा चार तले भवन भत्किँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार भएको उक्त दुर्घटनामा अरु नौ जना घाइते भएका छन्। भवनमा अरु पनि मानिस च्यापिएको आशंकामा कुकुरको सहायताले खोजी कार्य अझै जारी रहेको खोज तथा उद्धार केन्द्रले जनाएको छ।

भारतीय संचार माध्यमका अनुसार उक्त भवन मंगलबार बिहान ११ बजे भत्किएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीसले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन्।

स्थानीय महानगरले उक्त भवनलाई सन् २०१७ मा तत्काल भत्काउने गरी ग वर्गमा वर्गीकरण गरेको थियो।

मुम्बईमा पुराना भवनहरु भत्किएर बर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad