समाज


न्यून चापीय रेखा दक्षिण सर्‍याे, आजदेखि वर्षा केही कम हुने अनुमान

न्यून चापीय रेखा दक्षिण सर्‍याे, आजदेखि वर्षा केही कम हुने अनुमान

नेपालखबर
असार ३०, २०७७ मंगलबार १:१९,

आज (मंगलबार) देखि वर्षा केही कम हुने मौसमविद्ले अनुमान गरेका छन्।

यसअघि नेपाल नजिक रहेको मनसुनी न्यून चापीय रेखा केही दक्षिण (भारततर्फ) सरेकाले हिजो/अस्तिको तुलनामा वर्षाको मात्रा केही घट्ने अनुमान मौसमविद्ले गरेका हुन्।

न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले केही दिनयता देशभर वर्षा व्यापक भएको थियो। याे रेखा जति नजिक भयाे, उति वर्षाकाे मात्रा बढ्ने माैसमविद् बताउँछन्। तर अहिले नेपालबाट याे रेखा केही तल सरे पनि याे तल माथि गरिरहने भएकाले पुन: माथि अर्थात् नेपाल नजिक आउने सम्भावना पनि रहने मौसमविद् बताउँछन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली छ भने बागमती, गण्डकी, ५, कर्णाली र सुदूपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

यस्तै दिउँसो पनि देशका केही स्थानमा यस्तै किसिमको वर्षा जारी रहने तथा राति प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

यसअघिको वर्षाको पानीले जमिन भिजिसकेको हुनाले सामान्य वर्षाले पनि पहिरो जाने तथा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ।

यस्तो छ महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान:
असार ३० गते मंगलबार
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राती: देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

असार ३१ गते बुधबार
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गणडकी, प्रदेश ५ र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राती: देशभर देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

साउन १ गते बिहीबार
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राती: देशभर देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका केही स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad