आज (सोमबार) पनि देशका विभिन्न स्थानमा बाढी तथा डुबानको खतरा रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार आज कन्काई, कोसी, कमला, बागमती, नारायणी नदी, प्रदेश १, २, बागमती र गण्डकी प्रदेश भई वहने नदीमा अलि ठूलै बाढी आउने सम्भावना छ। यस्तै आज प्रदेश २ अन्तर्गत भारतसँग सीमा जोडिएका क्षेत्र डुबानमा पर्ने उच्च जोखिम छ।
बाढी पूर्वानुमान महाशाखाले साेमबार बिहान जारी गरेकाे विस्तृत सूचना:
असार २९
आज #नारायणीमा बहाव #सतर्कता देखि #खतरा आसपास हुने #कोशी,बागमती र #कन्काईमा #सतर्कता आसपास हुने
प्रदेश २ को चुरे र तराईबाट बहने साना नदीमा #आकस्मिक बाढी हुने #उच्च संभावना#प्रदेश २ #भारत सीमा आसपास #होचा स्थान #सतर्क रहौ
चित्रःनारायणीको बाढी र २४ घण्टाको बर्षा पूर्वानुमान pic.twitter.com/0UH87mqd23


प्रतिक्रिया