राजनीति


प्रदेश २ सरकारको बजेट बहुमतले पारित

प्रदेश २ सरकारको बजेट बहुमतले पारित

शैलेन्द्र महतो
असार २९, २०७७ सोमबार ४:२३,

प्रदेश २ सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट बहुमतले पारित भएको छ।

आइतबार साँझ बसेको प्रदेश सभा बैठकमा बहुमतले विनियोजना विधेयक ०७७/०७८ पारित गरेको हो।सर्वसम्मतबाट बजेट पास नभएपछि मतविभाजन प्रक्रियामा गएर बजेट पारित गरिएको हो।

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७७/0७८ को लागि ३३ अर्व ५६ करोड ९ लाख ८९ हजारको वजेट विनियोजन गरेको छ।

प्रदेश २ मा १ सय ७ सांसद छन्। जसमध्ये आइतबारको बैठकमा ७४ सांसद उपस्थित थिए भने ६ जना अनलाईन (जुम) मा गरी ८० जनाको सहभागितामा बैठक बसेको थियो। जसमा विनियोजना विधेयकको पक्षमा ४८ जना सांसदले मतदान गरेका छन्।

मत विभिाजन प्रक्रियामा सदनमा सहभागि सांसदलाई पक्ष र विपक्षमा उभिन लगाइएको थियो। बैठकमा आर्थिक मामिला तथा येजनामन्त्री विजय यादवले प्रस्ताव गरेको विनयोजन विधेयक पारित गर्ने प्रस्ताव प्रदेशसभाका सभामुख सरोज यादवले निर्णयार्थ प्रस्तुत गरेका थिए।

प्रमुख प्रतिपक्ष नेकपाका सांसद सुन्दर विश्वकर्माले असहमति जनाउँदै मत विभाजनको माग गरेपछि प्रदेशसभामा उपस्थित र अनलाइन माध्यमबाट सांसदहरु सहभागी भई पक्ष र विपक्षमा मतदान गरेका हुन्।

बजेट पारित हुनु अघि प्रदेशसभा बैठकमा सत्तारुढ तथा प्रतिपक्षी सांसदले बजेट विनियोजन उपरको छलफलको क्रममा र मन्त्रालयका विभिन्न काम कारबाहीको सम्बन्धमा उठाएको प्रश्नहरुको मुख्यमन्त्री लालबाबु राउत लगायत मन्त्रीहरुले जवाफ दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad