समाज


हावाबाट कसरी फैलिन्छ कोरोना संक्रमण?

हावाबाट कसरी फैलिन्छ कोरोना संक्रमण?

नेपालखबर
असार २७, २०७७ शनिबार १०:२५,

सोही कारण डब्लूएचओले यसबाट बच्न मुख्यगरी हात धुन सल्लाह दिएको थियो। तर यतिबेला डब्लूएचओ आफैंले कोरोना भाइरस हावाबाट फैलन्छ भन्ने दाबीलाई नजरअन्दाज गर्न नसकिने बताइरहेको छ।

यसको मतलब डब्लूएचओले कोरोना हावबाट फैलन्छ भन्ने तथ्यलाई स्वीकारेको छ। डब्लूएचओले यसबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

हावाबाट पनि कोरोना फैलन्छ भनेर युनिभर्सिटी अफ कोलोराडोका वैज्ञानिकसहित विभिन्न ३० भन्दा बढी मुलुकका २ सयभन्दा बढी वैज्ञानिकले अनुसन्धानमा पत्ता लगाएका हुन्। उनीहरुले नै डब्लूएचओलाई यस तथ्यबारे चिठी लेखेर जानकारी प्रदान गरेका थिए।

कोरोना हावबाट फैलन्छ भन्ने खबर विश्वभर सम्प्रेषण भएपछि मानिसहरु त्रसित बनेका छन्।

हावाबाट कोरोना फैलनुको मतलब?

हावाबाट संक्रमण त्यतिबेला हुन्छ जब सास फेर्दा ब्याक्टेरिया र भाइरस हाम्रो शरीरमा प्रवेश गर्दछ। ब्याक्टेरिया र भाइरस सुक्ष्म कणको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार यदी वैज्ञानिकहरुको दाबी सत्य भए भीड–भाडमा हुँदा हावाबाट कोरोनाको संक्रमण हुनसक्छ।

कोरोना कति समयसम्म हावामा जीवित रहन्छ?

वैज्ञानिकहरुले गरेको अध्ययनअनुसार कोरोना भाइरस हावामा तीन घण्टासम्म जीवित रहनसक्छ।

विज्ञहरुले कृत्रिम रुपमा कोरोना भाइरसलाई हावामा छाडेका थिए। उक्त अनुसन्धानमा उनीहरुले भाइरस ३ घण्टासम्म बाँचेको तथ्य पत्ता लगाए।

कोरोना भाइरस विश्वभर तिब्र गतिमा फैलिएपछि वैज्ञानिकहरुले यो हावाको माध्यमबाट सर्छ कि सर्दैन भनेर अनुसन्धान गरेका थिए।

बीबीसीका अनुसार अमेरिकाको वासिङटनको माउन्ट वर्ननमा एक मानिसले हावाको माध्यमबाट कम्तिमा ४५ जनामा कोरोना संक्रमण गराएको आशंका गरिएको छ। उनी एक गायक मण्डलीका सदस्य भएको बताइएको छ।

जनवरी महिनाको अन्तिममा ग्वान्झाओमा पनि यस्तै मामिला सार्वजनिक भएको थियो। त्यसबेला एक व्यक्तिले ९ जनामा कोरोना संक्रमण गराएको आशंका गरिएको थियो।

उनीहरु सबैलै एकै रेस्टुरेन्टमा खाना खाएका थिए। ६ मिटर टाढा बसेको मानिसमा पनि कोरोना देखिएपछि हावाबाट पनि कोरोना संक्रमण हुन्छ भन्ने आशंका गरिएको थियो।

अब हामीले के गर्नुपर्छ?

डब्लूएचओको हालको गाइडलाइन अनुसार कोरोनाबाट जोगिन मनतातो पानीले २० सेकेन्डसम्म हात धुनुपर्छ।

यससँगै व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गर्नुपर्छ। ६ फिट टाढैबाट कुराकानी गर्ने बानी गर्नुपर्ने बताइएको छ।

यद्यपी हालै वैज्ञानिकहरुले डब्लूएचओको पहिलेको उपाय अब परिवर्तन हुनुपर्ने बताएका छन्।

डब्लूएचओले हालसम्म कोरोना भाइरस हावाबाट फैलन्छ भन्ने तथ्यलाई पुरा रुपमा पुष्टि गरिसकेको छैन। डब्लूएचओले वैज्ञानिको दाबीलाई नजरअन्दाज गर्न नुहने बताउँदै यस विषयमा अनुसन्धान जारी राखेको छ।

यद्यपी डब्लूएचओले कोरोना हावाबाट फैलनसक्ने आशंका गर्दै यस विषयमा गम्भीर बन्नुपर्ने बताएको छ।

तत्काललाई व्यक्ति–व्यक्तिबीचको दुरीको नियम र हात धुने कार्यलाई राम्रोसँग कार्यान्वयन गर्न भनिएको छ।

डब्लूएचओ गाइडलाइन्स परिवर्तनको विषय अनुसन्धान पुरा भएपछि पुनर्विचार गरिने जनाएको छ। बीबीसीहिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad