कोरोना भाइरसलाई पूरै सखाप पार्न सकिएलाजस्तो नदेखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ।
डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले शुक्रबार जनेभामा आयोजित अनलाइन पत्रकार सम्मेलनमा भने, ‘अहिले जुन स्थिति देखापरिरहेको छ, त्यसबाट यो भाइरसलाई पूरै नष्ट गर्न सकिन्छजस्तो लाग्दैन।’
उनले अगाडि भने, ‘क्लस्टरमा अधिक संक्रमण देखिएको छ, त्यहाँ दोस्रो लहर आउनबाट रोकेर र लकडाउन बढाएर अघि बढ्न सक्छौं।’
— Reuters (@Reuters) July 10, 2020WHO’s Mike Ryan says eradication of new coronavirus is unlikely 'in the current situation' https://t.co/1cAXB0EfdG pic.twitter.com/SvHy5mEj7u

प्रतिक्रिया