भारतमा कोरोना महामारी भयावह बन्दै गएको छ। त्यहाँ एक दिनमा अहिलेसम्मकै बढी साढे २६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टा (एक दिन) मा २६ हजार ५ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै यस अवधिमा संक्रमणबाट ४ सय ७५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसमेत गरेर भारतमा संक्रमितको कूल संख्या ७ लाख ९३ हजार ८ सय २ पुगेको छ भने तीमध्ये २१ हजार ६ सय ४ जनाको मृत्यु भएको छ।
यस्तै संक्रमितमध्ये ४ लाख ९५ हजार ५ सय १३ जना भने निको भइसकेका छन्।

प्रतिक्रिया