कारोबार


निजीमा जोर बिजोर कायमै, सार्वजनिक यातायात सबै चल्न पाउने

निजीमा जोर बिजोर कायमै, सार्वजनिक यातायात सबै चल्न पाउने

नेपालखबर
असार २६, २०७७ शुक्रबार ५:५३,

चैत ११ देखि बन्द भएको सार्वजनिक यातायात सरकारले शुक्रबारदेखि सुरु गर्ने निर्णय गरेको छ।

सो निर्णयअनुसार सुचारु हुन लागेको सार्वजनिक यातायातलाई जोर बिजोर नियम लागु नहुने ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताएका छन्।

‘५० प्रतिशत सीट क्षमताका आधारमा यात्रु राखेर सबै सार्वजनिक यातायात चल्न पाउँछन्, यसमा जोर बिजोर लागु हुँदैन,’ ढकालले भने ‘निजी सवारीका लागि भने जोर बिजोर प्रणाली कायम नै रहेको छ।’

सरकारले असार १ देखी लकडाउन खुकुलो पारेसँगै निजी सवारीमा जोर बिजोर प्रणाली लागु गरेको थियो।

त्यसअघि लकडाउन अवधिभर सरकारले जारी गरेको पासको आधारमा मात्रै सवारीसाधन चलेका थिए।

अहिले पनि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि सवारी पास अनिवार्य रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

आधा क्षमतामा ५० प्रतिशत बढी भाडा लिई सञ्चालन गर्न पाउने
मन्त्रिपरिषदले स्वस्थ्य सतर्कतामा ध्यान दिदै ५० आधा सिटहरुमा मात्रै गाडी चलाउन दिने निर्णय गरेको छ।

व्यवसायीले साविकको भाडामा ५० प्रतिशत थप भाडा लिन पाउने छन् ।

अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत थप भाडा लिएर सुरक्षा बिधि अपनाई यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो।

‘काठमाडौँ उपत्यकाका तीन जिल्ला र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन चल्न दिने भन्ने निर्णय भएको छ’, मन्त्री खतिवडाले भने।

ट्याक्सीहरुले भने साविककै भाडादरमा २ जना यात्रु बोक्न पाउने उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad