प्रहरीले राजधानीका विभिन्न स्थानबाट ठगी आरोपमा ९ जनालाई पक्राउ गरेको छ।
बिहीबार राति नयाँ वानेश्वर, पुरानाे वानेश्वर लगायतका स्थानबाट ९ जनालाई पक्राउ गरिएको अख्तियार श्रोतले जनाएको छ।
उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका ९ जनालाई अख्तियारको हिरासतमा राखिएको छ।
व्यक्तिगत ठगीको मुद्दा अख्तियारले हेर्न नमिल्ने भएकाले उनीहरुलाई महाशाखाको जिम्मा लगाउने तयारी भएको श्रोतले नेपालखबरलाई जानकारी दियो।
पक्राउ पर्नेमा आफूलाई ज्योतिष बताउने अर्जुन क्षेत्री लगायतका छन्। उनीहरुले अख्तियारको कर्मचारी हौँ भन्दै विद्युत प्राधिकरणको जग्गामा अनियमितता भएको भन्दै ५० लाख रुपैयाँ मागेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया