रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा एक महिलामाथि प्रहरीद्वारा भएको कुटपिट घटनाको छानबिन सुरु गरिएको रुकुम प्रहरीले जनाएको छ।
गत जेठ १ गते बगरकोटमा रहेको हेल्थ डेस्कमा २१ वर्षीया स्नेहा विष्टमाथि नगर प्रहरी र नेपाल प्रहरीका जवनहरुले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे रुकुम प्रहरीले छनविन सुरु गरेको हो।
प्रहरीका अनुसार मदिरा सेवन गरेकी ति महिलाले हेल्थडेस्कमा खटिएकी स्वास्थ्यकर्मी डोल्मा मल्ललाई गालीगलौज गर्नुका साथै हेल्थ डेस्कको डोरी चुँडालेकी थिइन्। प्रहरीले सम्झाइ बुझाइ गर्दा नमानेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा राखिएको सो भिडियोमा ति महिलामाथि एक महिला नगर प्रहरी र ३/४ जना पुरुष प्रहरीले समातेर पाइपबाट पानीले भिजाउनुका साथै लौरी र हातले कुटपिट गरेको देखिन्छ। त्यहाँबाट जान लागेकी उनलाई गेटबाट पुनः पुरुष प्रहरीले नै समातेर ल्याएको भिडियोमा देख्न सकिन्छ।

प्रतिक्रिया