सिन्ह्वाका अनुसार उक्त फोनवार्तामा सी र पुटिनबीच एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ।
फोनवार्तामा चीन र रुसबीचको सम्बन्धमा बाधा पुर्याउने र हस्तक्षेप गर्नेविरुद्ध मिलेर प्रतिकार गर्नेबारे पनि कुराकानी भएको बताइएको छ।
सिन्ह्वाका अनुसार सीले दुई देशको सार्वभौमिकता, सुरक्षा र विकास अधिकारको संरक्षण गर्न र साझा हितको रक्षा गर्न रुससँग मिलेर काम गर्न आफू तयार भएको बताएका थिए।
भारत र अमेरिकासँग चीनको विवाद बढिरहेको समयमा चीन र रुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको हो।
चीनसँग सीमा विवाद जारीरहँदा हालै भारतमा रक्षामन्त्री राजनाथ सिंह रुस भ्रमणमा गएका थिए। भारतीय संचारमाध्यमका अनुसार रुसले भारतलाई अत्याधुनिक हतियार प्रदान गर्नेछ।
3
Shares
प्रतिक्रिया