पूर्वसभामुख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटलाई मातृशोक परेको छ।
नेता रानाभाटकी माता खिमकुमारीको आज (मंगलबार) बिहान ८.५५ बजे पोखरा– २६ मा रहेको आफ्नै निवासमा निधन भएको उनका अर्का सुपुत्र तथा नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले जानकारी दिए। उनी लामो समयदेखि अस्वस्थ थिइन्।
१९७७ असोज महिनाको विजयादशमीका दिन जन्मेकी खिमकुमारीले प्रजातन्त्र सेनानी स्वर्गीय नारायणदत्त रानाभाटकी धर्मपत्नी तथा नेता छोराहरुको आमा भएर लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान गरेकी छिन्।
पति र छोराहरुसमेत पटक–पटक जेल पर्दा उनले नै परिवार सम्हालेकी थिइन्। उनका तारानाथ रानाभाट, खिलेन्द्र रानाभाट, देवेन्द्र रानाभाट र सुरेन्द्र रानाभाट चार छोरा । दुई छोरी खिमादेवी रानाभाट र शोभाकुमारी रहेका छन्।
उनको मंगबार दिउसो २ः३० बजे निवासबाट शवयात्रासहित पोखराको रामघाटमा अत्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया