ad ad

समाज


जनकपुरकी ११ वर्षीया बालिका कञ्चनको बलात्कारपछि हत्या भएको खुलासा, भारतीय नागरिक पक्राउ

जनकपुरकी ११ वर्षीया बालिका कञ्चनको बलात्कारपछि हत्या भएको खुलासा, भारतीय नागरिक पक्राउ

शैलेन्द्र महतो
असार २२, २०७७ सोमबार ४:३७,

जनकपुरकी ११ पर्षीया बालिका कञ्चनलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति भारतीय नागरिक हुन्। भारतको उत्तर प्रदेश जिल्ला मलिहावाद थाना काकोरी ग्राम पञ्चायत ११ बस्ने ३२ वर्षका दीपु सिंह रहेका धनुषा प्रहरीले जनाएको छ।

उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको चारदिनपछि पक्राउ गरी सोमबार बिहान सार्वजनिक गरेको हो। उनी जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थास्थित मिश्र र चौधरी इन्डस्ट्रिजमा कार्यरत थिए।

गएको बुधबार स्थानीय विनोद पजियारकी छोरी ११ वर्षीया कञ्चन स्थानीय आँप बगैँचामा भैँसी चाराउन गएकी थिइन्। सोहि बेला सिंहले आँप दिने लोभनमा फकाइ इन्ड्रट्रिजकै पछाडिको बगैँचामा लगि बालिकाको मुख थुनेर बलात्कार अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

गएको शुक्रबार दिउँसो कञ्चनको शव नजिकैको दुधमती नदि किनारको झाडीमा नग्न अवस्थामा फेला परेको थियो। घटना पश्चात प्रहरीले २० शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

हत्या अभियोगमा पक्राउ परका सिंहले आफूले बालिकालाई आँप दिने प्रलोभनमा फकाएर बालत्कार गरी हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ।

याे पनि: अब कहिल्यै फर्केर आउने छैनन् सबैकी प्यारी कञ्चन!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .